Wednesday 19 April 2023

बायर्नलाई हराउँदै सिटी सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो । पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो ।

सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।

बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।

यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् ।

बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।



source https://www.onlinekhabar.com/2023/04/1294932

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More