Sunday 23 April 2023

स्वर्णिम गोविन्दभन्दा ५ हजार मत अन्तरले अगाडि

११ वैशाख, काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।



source https://www.onlinekhabar.com/2023/04/1296903

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More