Saturday 15 April 2023

आर्सनलसँगको खेल फाइनल जत्तिकै हुनेछ : ग्वार्डिओला

३ वैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि होडमा अहिले दुई क्लब छन् आर्सनल र म्यानचेष्टर सिटी । सिटी त साविक विजेता नै भइहाल्यो । आर्सनल भने झण्डै दुई दशकपछि पहिलो पटक प्रिमियर लिग उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको छ ।

सन् २००४ यता लण्डन क्लबले लिग जितेको छैन ।

शनिबार सिटीले लेस्टरलाई ३-१ ले पराजित गर्दै आर्सनललाई दबाब दिइरहेको छ । लिग  लिडर आर्सनलसँग सिटीले अक दूरी ३ मा झारेको छ ।

यी दुई टोलीबीच ३२औं चरणमा भेट हुनेछ । त्यसअघि आर्सनल र सिटीले एक एक खेल खेल्न बाँकी छ ।

सिटीले लेस्टरलाई हराएपछि उपाधि होड रोमाञ्चक बनेको छ ।

यस्तोमा सिटीका प्रशिक्षकले भनेका छन् आर्सनलसँगको खेल फाइनल जतित्कै हुनेछ । अनी उनले यो पनि भनेका छन् कि आर्सनलसँग पराजित भए उपाधिको सम्भावना लगभग सकिनेछ ।

‘उनीहरु (आर्सनल) ले यस सिजन अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मलाई लाग्दनै कि उनीहरुले अब धेरै अंक गुमाउनेछन् र हामी त्यहाँ पुग्नुपर्छ,’ लेस्टरलाई हराएपछि ग्वार्डिओलाले भने, ‘हाम्रो लागि आजको खेल जित्नु महत्वपूर्ण थियो र आर्सनलसँगको अर्को खेल फाइनल जस्तै हुनेछ ।’

सिटीले अप्रिल २६ मा घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । त्यसअघि आर्सनलले आइतबार वेष्टह्यामसँग खेल्नेछ ।

सिटीको व्यस्त खेलतालिका छ । जसले गर्दा प्रिमियर लिगमा ब्राइटनसँगको अर्को खेल स्थगित भएको छ । सिटीले च्याम्पयन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा अप्रिल २० मा बायर्न म्युनिखसँग खेल्नेछ । त्यसपछि अप्रिल २२ मा एफए कपको सेमिफाइनलमा शेफिल्ड युनाइटेडसँग खेल्नेछ ।

आर्सनलले वेष्टह्यामलाई पारजित गरेमा सिटीमाथि ६ अंकको अग्रता हुनेछ र त्यसपछि सिटीलाई पराजित गरे ९ अंकको अग्रता बनाउनेछ । जसको अर्थ आर्सनललाई उपाधि जित्न सहज अवस्था हुनेछ ।

‘यो फाइनल जस्तै हुनेछ,’ ग्वार्डिओलाले आर्सनलसँग खेललाई लिएर भने, ‘यदी हामीले यो खेल हारे हाम्रो सम्भावना लगभग सकिनेछ ।’



source https://www.onlinekhabar.com/2023/04/1292823

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More