Saturday 15 April 2023

पीएसजीको जितमा एमबाप्पेको कीर्तिमानी गोल

३ वैशाख, काठमाडौ । किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।

पीएजीका लागि भिटिन्हाले ३७औं र ४०औं मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औं मिनेटमा लेन्सका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ । ३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।



source https://www.onlinekhabar.com/2023/04/1292819

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More