Wednesday 12 April 2023

एफएनसीसीआईको जिल्ला नगरतर्फको उपाध्यक्षमा वैद्य निर्वाचित

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघइको प्यानलका वैद्यले अरु २ प्रतिद्वन्द्वीलाई पन्छाएर जित हात पारे ।

सुरकृष्णले ४३ मत ल्याउँदा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट जिल्लानगर उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ प्यानलका दिनेशलाल श्रेष्ठले ३४ मत मात्रै पाएर चुनाव हारे ।



source https://www.onlinekhabar.com/2023/04/1291657

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More