Friday, 24 September 2021

एट्लेटिको मड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी

बार्सिलोना । एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी पनि प्रदर्शनीमा राखिएको हो।

ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा आयोजित कार्यक्रममा ८० भन्दा बढी दूतावासहरुले भाग लिएका थिए। दूतावासहरुले आ-आफ्नो देशको फुटबल टिमको जर्सी प्रदर्शन गर्दै ‘शान्तिका लागि फुटबल’ अभियानको समर्थन गरेका हुन्।

नेपालको तर्फबाट राजदूत दावाफुटी शेर्पाले कार्यक्रममा भाग लिएको मड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ।

बुधबार र बिहीबार गरी दुई दिनसम्म चलेको प्रदर्शनीलाई विश्व फुटबल शिखर सम्मेलनको पाँचौं संस्करणको एक हिस्साको रुपमा लिइएको छ।

एट्लेटिको मड्रिडमा अध्यक्ष एनरिक सेरेजोले कार्यक्रमलाई सम्बोधन गर्दै फुटबलले संसारभरका मानिसहरुलाई एकैठाउँमा जोड्ने बताए। ‘फुटबलले मानिसहरू र राष्ट्रहरूबीच सद्भावको पुल बनाउँछ। हामी यो अवसरलाई प्रगति र प्रगति जारी राख्नको लागि, खेलकुद र विशेष गरी फुटबलको माध्यमबाट एक राम्रो संसार बनाउन चाहन्छौं,’ अध्यक्ष एनरिक सेरेजोले भने।

कार्यक्रममा ला लिगा, एकेडमी अफ डिप्लोमेसीका तर्फबाट सहभागी विशिष्ट व्यक्तित्वहरुले पनि सम्बोधन गरेका थिए।



source https://www.onlinekhabar.com/2021/09/1018033

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More