Saturday, 4 September 2021

अन्तरिक्षमा यसरी कपाल नुहाउँदा रहेछन् अन्तरिक्षयात्री (भिडियो सहित)

हालै अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री मेगन म्याकआर्थरले इन्टरनेसनल स्पेस स्टेशनबाट एउटा भिडियो शेयर गरेकी छिन् जुन शोसल मिडियामा भाइरल भइरहेको छ । भिडियोमा अन्तरिक्ष स्टेसनभित्र एक अन्तरिक्षयात्रीले आफ्नो कपाल धोइरहेको देख्न सकिन्छ ।

प्रायः पृथ्वीमा जुन कामहरु हामीले सजिलैसँग गर्न सक्दछौँ त्यहीँ काम गर्न अन्तरिक्षमा निकै गाह्रो पर्दछ । अन्तरिक्षमा पृथ्वीको तुलनामा झण्डै शून्य गुरुत्वाकर्षण हुन्छ । त्यसैले अन्तरिक्षयात्रीहरुलाई माइक्रोग्राभिटी अर्थात् सुक्ष्म गुरुत्वाकर्षणमा कसरी बस्ने भन्ने विषयमा वर्षौँ पहिलेदेखि तालिम दिइएको हुन्छ ।

अन्तरिक्षमा निकै सामान्य कामहरु जस्तै कपाल धुनु, नुहाउनु, खाना खानु आदि पनि निकै मुस्किलले गर्नु पर्दछ । त्यसैले अन्तरिक्षयात्रीहरुले यी दैनिक कार्यहरु गर्नका लागि विशेष उपकरण लगेका हुन्छन् ।

सार्वजनिक भएको भिडियोमा म्याकआर्थरले आफ्नो कपाल धोइरहेकी छिन् ।

भिडियोको सुरुमा उनले आफ्नो परिचय दिँदै भन्छिन्, ‘मलाई प्रायः सोधिन्छ कि इन्टरनेसनल स्पेस स्टेसनमा बस्ने अन्तरिक्षयात्रीहरुले आफ्नो दैनिक कार्य कसरी गर्दछन् ? त्यसैले आज म तपाईंहरुलाई अन्तरिक्षमा कपाल कसरी धोइन्छ भनेर देखाउनेवाला छु ।’

त्यसक्रममा उनको कपाल यताउता बिस्तारै बिस्तारै झुलिरहेको देखिन्छ । त्यसपछि उनले निकै सावधानीपूर्वक बोतलको पानीले टावेललाई भिजाएर त्यहीँ टावेलले कपाल भिजाउँछिन् ।

कपाल सफा गरेसँगै मेगन भन्छिन्, ‘माइक्रो ग्राभिटीमा कपाल धुनु निकै रमाइलो काम हो ।’

त्यसपछि उनी कपालमा विशेष खालको स्याम्पु लगाउँछिन् । स्याम्पु लगाइसकेपछि उनले त्यहीँ भिजेको टावेलले पुनः कपाल पुछेर सफा गर्दछिन् ।

उक्त भिडियोलाई सोसल मिडियामा धेरैले मन पराएका छन् । मेगन म्याकआर्थरले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेको उक्त भिडियो हजारौंले हेरिसकेका छन् ।



source https://www.onlinekhabar.com/2021/09/1008457

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More