Thursday, 23 September 2021

सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा

८ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो।

सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए ।

यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । अर्याल ९ नम्बर पशुपतिनाथ मुख्‍यालयमा, काठमाडौंमा कार्यरत थिए ।

यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ ।

ई. किशोर प्रधानको नेपाल न‌ं. ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर, कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी, गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी, कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1017682

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More