Wednesday, 1 September 2021

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

१७ भदौ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ १७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । अब राष्ट्रसँग लाभांश वितरण गर्न संस्थाले अनमुति माग्नु पर्नेछ ।

राष्ट्र बैंकको सहमतिपछि साभारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताहरुले उक्त लाभांश पाउनेछन् ।



source https://www.onlinekhabar.com/2021/09/1007596

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More