Thursday, 7 July 2022

बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

२४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

 



source https://www.onlinekhabar.com/2022/07/1154410

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More