Monday, 5 September 2022

बाराही पोलिक्लिनिक एन्ड अर्थो केयरमा कुमारी बैंकका ग्राहकलाई छुट

२० भदौ काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखराको बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिक एन्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान बैंकले जनाएको छ ।

उक्त क्लिनिकबाट सेवा लिए वापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्ने ग्राहकले प्रक्रियागत शुल्कमा २० प्रतिशत, प्रयोगशाला शुल्कमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधि शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1185982

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More