Thursday, 6 October 2022

अमेरिकी डीभीको आवेदन खुला

२० असोज, काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1200513

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More