Sunday, 9 October 2022

पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा उक्लियो

२४ असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई १-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पेड्रीले १७औ मिनेटमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । रियल मड्रिडको पनि ८ खेलबाट समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लेको हो ।



source https://www.onlinekhabar.com/2022/10/1202252

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More