Saturday 17 December 2022

यी हुन् दुनियाँकै होचा व्यक्ति

अफशिन इस्माइल विश्वकै सबैभन्दा होचो कदका पुरुष बनेका छन् । दुबइस्थित गिनिज वर्ल्ड रेकर्डस्को कार्यालयले उनको जीउको उचाइ तीन पटक मापन गर्दै उनी विश्वकै सबैभन्दा होचो व्यक्ति भएको प्रमाणित गरेको छ र उनको नाम गिनिज बुकमा दर्ज गरेको छ ।

२० वर्षका अफशिन इस्माइल घादेरजादेहको सरीरको उचाइ जम्मा २.१ इन्च छ भने शरीरको वजन साढे ६ केजी मात्रै छ।

इरानी नागरिक अफसिनको शरीर यतिधेरै कमजोर छ कि उनले मोबाइल जस्ता स-साना चिज पनि प्रयोग गर्न सक्दैनन्।

अफसिन जन्मिदा उनको वजन जम्मा ७ सय ग्राम थियो । इरानको पश्चिमी अजरबेजान प्रान्तस्थित बुकान काउन्टीमा बस्ने अफसिनले यसअघिका विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानधारी कोलम्बियाका इडवार्ड निनो हर्नान्डेजको कीर्तिमान भंग गरेका हुन् ।

३७ वर्षका निनो २.७ इन्च अग्ला छन् ।

एजेन्सी



source https://www.onlinekhabar.com/2022/12/1233875

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More