Saturday 17 December 2022

राष्ट्रपति दिल-दिमागदेखि संविधानप्रति प्रतिवद्ध हुनुपर्छ, यसमा कांग्रेसले सम्झौता गर्नुहुन्न : उपसभापति खड्का

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

समाजिक सञ्जाल ट्विटरमा उनले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्ण प्रतिवद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्ने भन्दै यो कुरामा कांग्रेसले कसैसँग सम्झदता गर्न नसक्ने बताए ।

दलहरुले दलीय आवद्धता भन्दा बाहिरका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रुपमा विरोध र आलोचना भइरहेको छ ।

त्यसै सन्दर्भमा शनिबार विहान खड्काले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो ?  मेरो प्रष्ट धारणा छ- राष्ट्रपति- देश, जनता र संबिधानसभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसंग सम्झौता गर्न सक्तैन, गर्नुहुदैन ।’



source https://www.onlinekhabar.com/2022/12/1233680

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More