Friday, 9 December 2022

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/12/1230811

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More