Saturday 17 December 2022

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।



source https://www.onlinekhabar.com/2022/12/1233832

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More