Monday 19 December 2022

खाद्य असुरक्षाको चपेटामा ६२ लाख श्रीलङ्कालीहरू

५ पुस, कोलम्बो । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

एफएओले जुनदेखि डिसेम्बर २०२२ सम्मको आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रत्येक दश घरपरिवारमा चारले आफ्नो आयमा कमीको अनुभव गरिरहेको छ र प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका छन् ।

एफएओका अनुसार श्रीलङ्काका ४० प्रतिशत जनता आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् र २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ ।

एफएओले स्थानीय बजारमा खाद्यान्नको आपूर्ति घट्दै गएको र श्रीलङ्काका किसान र उनीहरूका समुदायहरूलाई सहयोग गर्ने अवसरको पर्खाइमा रहेको बताएका छन् ।

एफएओले सन् २०२२–२०२३ मा लागू हुने आफ्नो आपतकालीन सम्बोधनका लागि ५१.१७ मिलियन अमेरिकी डलर परिचालन गरेको बताएको छ । सिन्ह्वा



source https://www.onlinekhabar.com/2022/12/1234728

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More