Wednesday 14 December 2022

नेपाल खुला विश्वविद्यालय एक वर्षदेखि डीनविहीन

२९ मंसिर, काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा करिब एक वर्षदेखि डीन नियुक्त हुन सकेका छैनन् ।

दलीय भागबन्डाको कारण विश्वविद्यालयले डीन पाउन नसकेको हो । देशको कुनै पनि स्थानमा कुनै पेसा-व्यवसाय गर्दै उच्च शिक्षा हासिल गर्न चाहनेका लागि २०७३ सालमा स्थापित विश्वविद्यालयलाई दलीय राजनीतिले लथालिंग बनाएको छ ।

खुला विश्वविद्यालयको दुई वटा संकाय १५ महिना र एउटा संकाय एक वर्षदेखि डीनविहीन रहेको छ ।

प्रा.डा. शिलु मानन्धरको कार्यकाल पूरा भएपछि २०७८ भदौदेखि व्यवस्थापन तथा कानून संकाय, प्रा.डा. रामचन्द्र पौडेलको कार्यकाल सकिएपछि २०७८ भदौदेखि नै समाजशास्त्र तथा शिक्षा डीनविहीन भएको हो ।

प्रा.डा. इन्ऽबहादुर कार्कीको कार्यकाल पूरा भएपछि २०७८ पुस यता विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय पनि डीनविहीन बनेको हो । यति लामो समयसम्म विश्वविद्यालय नै डीनविहीन बन्नुमा दलीय भागबन्डा मुख्य कारण देखिएको छ ।

प्रा.डा.विद्यानाथ कोइराला दलीय भागबन्डा बाहेक कुनै कारण नभएको जिकिर गर्छन् । उनी भन्छन्, ‘यसमा अरु कुनै कारण नै छैन । कुलपति र रजिष्टार वाम छन् उपकुलपति काङ । उनीहरुले आ-आफ्नो मान्छे नियुक्त गर्ने अडान लिँदा समस्या भएको हो ।’

खुला विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कुलपति हुने व्यवस्था छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र रजिष्टार डा.गोविन्दसिंह विष्टले माओवादी र उपकुलपति प्रा.डा.शिलु मानन्धरले काँग्रेसी डीन नियुक्त गर्न खोज्दा समस्या भएको उनको बुझाइ छ ।

लामो समय किन डीन नियुक्त गर्न सकिएन भन्ने विषयमा उपकुलपति प्रा.डा.शिलु मानन्धरले भने कारण खुलाउन चाहिनन् तर डीन नियुक्तिका लागि सक्दो प्रयास गरिरहेको बताइन् । उनले भनिन्, ‘किन भएन भन्नु भन्दा पनि मैले प्रयास गरिरहेकी छु । सम्भवत यो हप्ताभित्र नियुक्ति गर्छौं होला ।’ आफैं जिम्मेवार पदमा भएकोले अरुलाई दोष दिन नसक्ने बताइन् ।

सामाजिक विज्ञान तथा शिक्षाका पूर्व डीन प्रा.रामचन्द्र पौडेल डीन नियुक्ति नगरेर पदाधिकारीले विश्वविद्यालय, विद्यार्थी माथि अन्याय गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘यत्ति लामो समयसम्म डीन नियुक्त गर्न नसक्नु पदाधिकारीको लाचारीपन हो । डीन नै नियुक्ति नगरेर विश्वविद्यालय, विद्यार्थीमाथि अन्याय गरिरहनुभएको छ ।’
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ अनुसार कार्यकारी परिषद्ले डीन नियुक्त गर्नुपर्छ । तर, कार्यकारी परिषद् -उपकुलपति, रजिष्टार, सभाका महिला सदस्यहरूबाट एक जना, शिक्षकहरूमध्येबाट एक जना र उपकुलपतिले तोकेको डीन एक जना हुनुपर्नेछ) उपकुलपति र रजिष्टार फरक दलका भएकैले समस्या भइरहेको सरोकारवालाहरुको बुझाइ छ ।

रजिष्टार डा.बिष्ट डीन नियुक्तिमा ढिलाइ भइरहेको स्वीकार गरेपनि कारण भने खुलाउन चाहेनन् । उनले भने, ‘हो अहिलेसम्म नियुक्त गर्न सकिएको छैन । अब हुन्छ होला ।’ डीन नियुक्त गर्न किन सकिएन भन्ने प्रश्नमा उनले आफु कार्यक्रममा भएकोले यसको जवाफ दिन नसक्ने बताए ।

डीन नहुँदा विषय समिति, संकाय अनुसन्धान समितिहरु समेत निष्किृय भएको एक प्राध्यापक बताउँछन् । तर उपकुलपति प्रा.डा.मानन्धर भने पुरानै समितिले काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘अर्को व्यवस्था नभएसम्म भनेर गठन गरिएको समितिहरु भएकोले त्यहि समिति सक्रिय छ ।’

समाजशास्त्र तथा शिक्षा प्रा.डा. इन्ऽबहादुर कार्की डीन नियुक्त नहुनुको मुख्य कारण नै राजनीतिक भागबन्डा भएको बुझेको बताउँछन् । ‘मैले बुझेको, सुनेको भनेको राजनीतिक भागबन्डा नै डीन नियुक्तिको बाधक हो । त्योभन्दा अर्को कारण होइन पनि होला,’ उनले भने ।

राजनीतिले विश्वविद्यालय गाँजेकोले समाधान कहिले निस्किन्छ भन्न सकिने अवस्था नभएको उनी बताउँछन् ।

विश्वविद्यालयमा अहिले ४ चना कर्मचारी र २१ जना शिक्षकहरु करारमा छन् । पदपूर्ति समितिले राजनीतिक पहुँचको आधारमा करारमा नियुक्त गर्‍यो । अहिले ती शिक्षकहरुले स्थायी हुनुपर्ने माग गरिरहेका छन् तर पदपूर्ति समितिले स्थायी गर्न सक्ने अवस्था छैन ।

प्रा.डा.लेखनाथ शर्मा उपकुलपति हुँदा बाम बिचारका शिक्षकहरु नियुक्त भएका छन् । त्यसैले कुलपति, रजिष्ट्रार र कार्यकारी परिषद्का अधिकांश सदस्यले त्यहीँ भित्रकालाई डीन नियुक्त गर्न जोड गरेको तर उपकुलपति नमान्दा समस्या भइरहेको देखिन्छ ।

कार्यकारी परिषद्की सदस्य प्रा.डा.सुधा त्रिपाठी त्यहीँ भित्रकालाई डीन बनाउने र बाहिरबाट ल्याउने भन्ने विषयमा एकमत नदेखिएकोले समस्या भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यहीँभित्रको योग्य व्यक्तिहरुलाई बनाउ“m भन्ने हाम्रो जोड हो, अर्को थरी बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा नमिल्दा ढिलाइ भइरहेको हो ।’

उनको भनाइ अनुसार उपकुलपति प्रा.डा.मानन्धरले बाहिरबाट ल्याउनुपर्ने अडान लिएकोले अझै समय लाग्ने सम्भावना छ ।

२०७८ जेठमा उपकुलपति प्रा.डा.लेखनाथ शर्मा र रजिष्टार सहप्राध्यापक कमल ढकाल कार्यकाल पूरा गरेर बिदा भएको ८ महिनापछि पुसमा डा.गोविन्दसिंह विष्ट रजिष्टार र नौ महिनापछि माघमा प्रा.डा.शिलु मानन्धर बज्राचार्य उपकुलपतिमा नियुक्त भएका थिए ।



source https://www.onlinekhabar.com/2022/12/1232733

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More