Friday, 9 December 2022

निलम्बित प्रधानन्यायाधीशलाई सर्वोच्चले भन्यो : निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले आफ्नै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?’ भनी कारण पेश गर्न आदेश दिएको छ ।

संघीय संसद महासचिव भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्नू भनी आदेश दिने क्रममा सर्वोच्चले जबराको हकमा समेत कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले अरु विपक्षीहरुलाई महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेको छ ।

तर जबराको हकमा आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत जवाफ दिनु भनेको छ । ‘मागबमोजिम किन आदेश जारी हुन नपर्ने हो ? बाटोको म्याद बाहेक ७ दिनभित्र जवाफ पेश गर्नु’ आदेशमा भनिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशम्सेर जबराले आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू ।’

जबराले आफू विरुद्धको निलम्बन फुकुवा हुनुपर्ने माग राखेका थिए ।

संसदका महासचिवले जबराको माग अनुसार पत्र लेखिदिएका थिए । रिट निवेदनमा त्यो पत्र बदर हुनुपर्ने दावी थियो । सर्वोच्च अदालतले बदर किन बदर नगर्ने भनी आधार र औचित्य खुलाउन आदेश दिएको हो ।



source https://www.onlinekhabar.com/2022/12/1230647

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More