२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ ।
बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो ।
राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।
पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।
जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले ।
बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।
source https://www.onlinekhabar.com/2023/05/1305548
0 comments:
Post a Comment