Sunday 21 May 2023

एमबाप्पेको २ गोलमा पीएसजी विजयी

८ जेठ, काठमाडौं । किलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएजसी) ले फ्रेन्च लिग वानमा अजुरेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधिको निकै नजिक पुगेको छ ।

लिगमा अब दुई चरणको खेल बाँकी हुँदा पीएसजीले दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाएको छ । अब बाँकी दुई खेलबाट १ अंक जोडेपछि पीएसजी लिग वान च्याम्पियन बन्नेछ ।

लिग लिडर पीएसजीको ३६ खेलबाट ८४ अंक छ । समान खेलबाट लेन्स ७८ अंकसहित दोस्रोमा छ ।

अजुरेको मैदानमा पीएसजीका लागि एमबाप्पेले दश मिनेटभित्रै दुई गोल गरेका थिए । उनले छैटौं र आठौं मिनेटमा गोल गरे ।

घरेलु टोली अजुरेका लासिन सिनायोकोले ५१औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।



source https://www.onlinekhabar.com/2023/05/1310426

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More