Wednesday 24 May 2023

झाँगिदै मस्को-बेइजिङ सम्बन्ध, रूसी प्रधानमन्त्री चीनमा

११ जेठ, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन् ।

दुवै देशका अधिकारीले पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हालै सम्पन्न जी सेभेनको बैठकले रूसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने र रूसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाव दिन आग्रह गरेको थियो ।

रूस र चीनबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै रूसी प्रधानमन्त्रीले एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । उनले एकताबाटै पहाडहरू पनि सार्न सकिने बताए ।

चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रूसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन् । एएफपी



source https://www.onlinekhabar.com/2023/05/1312020

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More