Saturday 13 May 2023

प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

३१ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन ।

तीन दलका शीर्ष नेताहरुमात्र पटक-पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।



source https://www.onlinekhabar.com/2023/05/1306411

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More