Saturday 20 May 2023

आर्सनल हार्दा सिटी तीन खेलअघि नै लिग च्याम्पियन

७ जेठ, काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरे ।

यस सिजन उत्कृष्ट सुरुआत गर्दै लामो समयसम्म शीर्ष स्थानमा रहेको आर्सनलले २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा आर्सनल सफल हुन सकेन ।

नटिङहम फरेस्टसँग हारपछि आर्सनलको ३७ खेलबाट ८१ अंक छ र अब एक खेल बाँकी हुँदा शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि छ । सिटीले सबै खेल हार्दा पनि आर्सनलले बाँकी एक खेल जितेर भेट्ने छैन ।

सिटीको ३५ खेलबाट ८५ अंक छ । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ ।

यस्तै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ । कासेमिरोको गोलमा एएफसी बर्नमाउथलाई १-० ले पराजित गरेपछि युनाइटेडले शीर्ष चारमा पकड बनाएको हो ।

युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ । उसले अब लिगमा बाँकी दुई खेलबाट १ अंक मात्र जोडे पनि शीर्ष चारमा स्थान पक्का हुनेछ ।

लिभरपुलले अन्तिम समयमा गोल गर्दै एस्टन भिल्लासँग १-१ को बराबरी खेल्दा युनाइटेडले पर्खनुपर्ने भएको छ ।

लिभरपुल ३७ खेलबाट ६६ अंकसहित पाँचौ स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/05/1309824

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More