Tuesday, 5 October 2021

विकास बोर्डको राहतले के उत्साहित होलान् निर्माता ?

चलचित्र विकास बोर्डले मंगलबार पत्रकार सम्मेलनकोे आयोेजना गर्दै भोेलीबाट हल खुल्न लागेकाले सबैसँग सहयोगकोे आग्रह गर्योे । विकास बोर्डले निर्माताहरुका लागि केही सहुलियत प्याकेजकोे समेत घोेषणा गरेको छ । उसो त, बोर्डले घोषणा गरेको सहयोेगले निर्माताहरुमा खासै उत्साह नदेखिएको यस अगाडिका घटनाक्रमले पनि पुष्टी गर्दछ ।

विकास बोर्डले चलचित्रको प्रदर्शन मिति घोषणा भन्दै कार्यक्रमको आयोजना गरेपनि कुनै पनि चलचित्रको प्रदर्शन मिति घोषण गर्न सकेन । बोर्डले ३ महिनासम्म हलमा लाग्ने प्रचारको सम्पुर्ण खर्च व्यहोेर्ने, भीपीसी चार्ज पनि बोर्डबाटै दिने निर्णय गरेको छ ।

साथै, बोर्डले चलचित्र छायांकनका लागि बिमा गर्ने निर्माताका लागि डेढ लाख रुपैयाँ सहयोग गर्ने पनि बताएको छ । बोर्ड आफै सिमित श्रोत र साधनमा चलेकाले अहिले ठूलो राहत प्याकेज ल्याउन नसकेको बताएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले सरकारलाई गरिएको आग्रह पुरा भएको खण्डमा मेकरका लागि अझै ठूला राहत प्याकेज ल्याउने समेत बताए ।

बोर्डले यी घोषणा गरेपनि निर्माताहरु चलचित्र रिलिजका लागि उत्साहित भने देखिएका छैनन् । चलचित्र संघले समेत ३ महिना भित्र रिलिज हुने चलचित्रका लागि पहिलो साता ५५ प्रतिशत शेयर, दोश्रो सातादेखि ५० प्रतिशत शेयर दिने बताएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1022979

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More