Tuesday 26 October 2021

म्युजिक भिडियोमा जम्दै कुन्साङ

नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनुहारको आगमन भैरहेको छ । दर्शकले राम्रा कलाकारलाई रुचाउने भएकाले पनि मेकरहरु नयाँ अनुहारलाई भित्राउन लालयित हुन्छन् । गतबर्षदेखि टिकटकबाट उदाएका थुप्रै कलाकारले म्युजिक भिडियोमा आफ्नो बर्चस्व बनाएका छन् ।

मोडल कुन्साङ बोमजन पनि म्युजिक भिडियोमा उदाइरहेका छन् । आधा दर्जन भिडियोमा अभिनय गरिसकेका कुन्साङको कामको प्रशंसा हुन थालेको छ । कुन्साङ भन्छन्–‘मलाई दर्शकले माया दिनुभएको छ । दर्शकको साथकै कारण आफूलाई निखादै अगाडि बढिरहेको छु ।’

कुन्साङले म्युजिक भिडियो तथा चलचित्रमा करिअर बनाउने सोचका साथ आफू अगाडि बढेको बताए । उसो त, दर्शकले कुन्साङलाई नायिका मलिका महत्तसँगको जोडीको रुपमा बढी रुचाएका छन् । ‘तिम्रो माया’ बोलको गीतको भिडियोमा काम गरेपछि मलिका र कुन्साङको जोडीलाई दर्शकले रुचाएका हुन् । कुन्साङ पनि आफूले केही भिडियोमा काम गरेपनि मलिकासँगको भिडियोमा दर्शकको माया बढी पाएको बताउँछन् । उसो त बजारमा मलिका र कुन्साङको प्रेम चर्चा पनि चलेको होइन । तर, यी दुबै एक अर्कालाई राम्रो साथी भन्न रुचाउँछन् ।

कुन्साङले ‘केवल तिमी भित्रै, मुटुभरी, तिम्रै नाम, आकाश राम्रो, धेरै माया नदेउ’ बोलको गीतमा अभिनय गरिसकेका छन् । उनी र मलिकाले अभिनय गरेको ‘गलबन्दी’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक हुँदैछ ।



source https://www.onlinekhabar.com/2021/10/1030479

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More