९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन विमानस्थलको महाप्रबन्धक पदको जिम्मेवारी सम्हालिसकेका छन् ।
source https://www.onlinekhabar.com/2021/10/1030089






0 comments:
Post a Comment