काठमाडौं । नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।
सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा रहेका सनिल इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका हुन् ।
सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी सनिलले अब राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग खेल्ने छन् ।
विश्व च्याम्पियनसिपमा नेपालबाट सनिलसहित ४ खेलाडीको सहभागिता रहेको छ ।
नेपालबाट ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई र ६३.५ केजीमा भुपेन्द्र थापा मगरले प्रतिस्पर्धा गर्नेछन् ।
source https://www.onlinekhabar.com/2021/10/1030082






0 comments:
Post a Comment