Monday, 25 October 2021

‘सत्यमेव जयते २’को ट्रेलर रिलिज, ट्रिपल भूमिकामा जोन अब्राहम

बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् ।

यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद छ । भारतलाई भ्रष्टचार मुक्त गर्ने सपना बोकेका आफ्ना पिताको योजना पुरा गर्न लागिपरेका दाजुभाइको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा जोनलाई एक्सन अवतारमा देख्न सकिन्छ । यो चलचित्र नोभेम्बर २५ तारिखबाट रिलिज हुँदैछ ।

निर्देशक मिलापले आफूले योजना मात्र गरेर हुने भए जोनलाई हरेक भूमिकामा काम गराउने सोच रहेको बताएका छन् । चलचित्रका केही फ्रेममा जोन ट्रिपल भूमिकामा एकसाथ देखिएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1030023

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More