Thursday 28 October 2021

यू-२३ एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ६-० ले पराजित

१२ कात्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० ले पराजित भएको हो ।

छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो ।

ताजिकस्तान विरुद्ध अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले दुवै हाफमा तीन-तीन गोल व्यहोरेको थियो ।

लगातार दोस्रो हारपछि नेपाल छनोट चरणबाटै बाहिरिएको छ । नेपालले समूहको अन्तिम खेल लेवनानसँग आगामी आइतबार खेल्नेछ ।

पहिलो खेलमा लेवनानलाई १-० ले पराजित गरेको ताजिकिस्तानले लगातार दोस्रो जितपछि २ खेलबाट ६ अंक जोडेको छ ।

बिहीबार नै भएको अर्को खेलमा इरानले लेवनानलाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । इरानको पनि ६ अंक नै छ । तर गोल अन्तरका आधारमा ताजिकिस्तान शीर्ष स्थानमा उक्लिएको छ ।



source https://www.onlinekhabar.com/2021/10/1031282

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More