Tuesday, 26 October 2021

सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘यस्ता प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका  खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,’ उनले भने ।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले ६ दशकसम्म निर्वाह गरेको भूमिका अनुकरणीय रहेको बताए ।



source https://www.onlinekhabar.com/2021/10/1030094

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More