Thursday 28 October 2021

आईपीएल अक्सन : ८ टिमले चार खेलाडी रिटेन गर्न पाउने, नयाँ टिमले सुरुमा ३ खेलाडी छान्न पाउने

१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को संस्करणमा पुराना ८ फ्रेन्चाइजले ४ खेलाडी मात्र रिटेन गर्न पाउने भएका छन् ।

अर्को सिजनका लागि आईपीएलमा दुई नयाँ टिम थपिएका छन् र मेगा अक्सन हुँदैछ ।

त्यसअघि सीमित संख्यामा खेलाडी रिटेन गर्ने प्रावधान रहनेछ । जसमा यसअघि खेल्दै आएका ८ टिमले ४ खेलाडीसम्म रिटेन गर्न पाउँछन् ।

यस्तै नयाँ थपिएका फ्रेन्चाइज टिमले भने अक्सनअघि ३ खेलाडी छनोट गर्न पाउने छन् ।

इएसपीएनक्रिकइन्फोका अनुसार ८ टिमले ४ खेलाडी रिटेन गर्दा बढीमा ३ भारतीय खेलाडी राख्न पाउनेछ वा २ स्वदेशी र २ विदेशी खेलाडी राख्न पाउनेछ ।

थपिएका दुई नयाँ टोली लखनउ र अहमेदाबादको हकमा सुरुमा छानिने खेलाडीमा दुई स्वदेशी र एक विदेशी हुनुपर्नेछ ।

यस पटक राइट टु म्याच (आरटीएम) प्रयोग गर्न पाइनेछैन । यसअघि आरटीएमबाट फ्रेन्चाइजले आफ्नो खेलाडीलाई अर्को टिमले लिएमा समेत टिममै फर्काउन पाउँथ्यो ।

यस्तै क्रिकइन्फोका अनुसार यस पटक अक्सनमा खर्च समेत बढेर ९० करोड हुनेछ । यसअघि एक टिमले ८५ करोड भारु खर्च गर्न पाउँथे ।



source https://www.onlinekhabar.com/2021/10/1031290

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More