Thursday 28 October 2021

अदालतको विवाद जबरालाई नै छोडिदिऊँ : देउवा

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको विवादको निकास खोज्ने जिम्मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकै भएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा जानु अघिल्लो दिन बिहीबार आफू निकट नेताहरुसँग छलफल गरेका थिए । त्यसक्रममा नेताहरुले प्रधानन्यायाधीश प्रकरणमा के गर्ने भनेर सोधेका थिए ।

जवाफमा देउवाले ‘यो विषय प्रधानन्यायाधीश जबरालाई नै छोडिदिऊँ’ भनेको एक नेताले बताए । उनले अघि भने, ‘यो भनेको उहाँ (जबरा)ले विवेक प्रयोग गर्नु राम्रो हुन्छ भनेको हो ।’

देउवा निकट नेताहरुको मत सर्वोच्च अदालतमा इजलास नै राख्न नसक्ने अवस्था भएकाले प्रधानयायाधीश जबराले राजीनामा दिएर निकास दिए हुन्थ्यो भन्ने छ । तर राजीनामा नदिएको अवस्थामा महाअधियोग प्रस्ताव दर्ता गर्ने सम्भावना नभएको कांग्रेसका नेताहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/10/1031280

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More