Tuesday 26 October 2021

जिरुडको निर्णायक गोलमा एसी मिलान शीर्ष स्थानमा

११ कात्तिक, काठमाडौं । इटालियन सिरी ए मा मंगलबार राति भएको खेलमा एसी मिलानले टोरिनोलाई १-० ले पराजित गरेको छ । मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे ।

यस जितपछि मिलान नापोलीलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानका लागि रुड क्रुनिकको पासमा जिरुडले १४औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा मिलानले ३ अंक जोड्न सफल भयो ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको मिलानले लगातार छैटौं जित हात पारेको हो ।

समग्रमा नवौं जित हात पारेको मिलानले १० खेलबाट २८ अंक जोडेको छ । एक खेल कम खेलेको नापोली २५ अंकसहित दोस्रो स्थानमा छ ।

टोरिनो १० खेलबाट ११ अंकसहित १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/10/1030466

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More