Friday 29 October 2021

आर्मी सेमिफाइनलमा

१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे ।

राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । विकर्णले १६औं  र हरीले ४९ औं मिनेटमा गोल गरे ।

आर्मीका हरी महतो खेलको म्यान अफ द म्याच घोषित भए । अन्य तीन क्वाटरफाइनल खेल पनि शुक्रबारै हुनेछ ।



source https://www.onlinekhabar.com/2021/10/1031384

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More