Tuesday 26 October 2021

डान्स रियालिटी शोको निर्णायक बन्न नेपालमा निरुता

कुनै समयकी चर्चित नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्न नेपाल आएकी छिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन् । निरुता मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मिडियामाझ उपस्थित भएकी थिइन् ।

कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियनसिप’मा निरुता मुख्य निर्णायकको रुपमा रहनेछिन् । उनको साथमा यो शोमा जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा रहनेछन् ।

यो शोका लागि डिजिटल अडिसन भैसकेको छ । अब, मेगा अडिसनको छायांकन हुने निर्देशक गजित बिष्टले जानकारी दिए । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ । नायिका निरुता सिंहले आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको रुपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको बताइन् । उनले, सबै दर्शकको साथ, माया र आर्शिवाद चाहेको बताइन् । यो रियालिटी शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस्ले प्रस्तुत गर्न लागेको हो ।

नेपालमा पछिल्लो समय डान्स र गायन रियालिटी शो निर्माण हुने क्रम ह्वात्तै बढेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1030469

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More