१७ मंसिर, काठमडौं । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने भएको छ ।
कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।
source https://www.onlinekhabar.com/2022/12/1227852
0 comments:
Post a Comment