Thursday, 1 December 2022

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

१६ मंसिर, काठमाडाैं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जावान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो ।

६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतय स्पेनको छायामै थियो ।

दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्याो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।



source https://www.onlinekhabar.com/2022/12/1227289

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More