Sunday 16 July 2023

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।



source https://www.onlinekhabar.com/2023/07/1337338

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More