Saturday 8 July 2023

पशचम बगलम चनवक बल हस हद जनक मतय

२४ असार, काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको छ ।

शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीह जस्तो देखिएका थिए ।

मृत्यु हुनेमा अलग-अलग पार्टीका कार्यकर्ताहरु छन् । हिंसामा सबैभन्दा धेरै त्रिणमुल कांग्रेस (टीएमसी)का १० जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा)का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का ३ जनाको मृत्यु भएको छ । हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् ।

हिंसाका बीच शनिबार साँझ ५ बजेसम्म करिब ६६.२८ प्रतिशत मतदान भएको थियो । चुनावको नतिजा ११ जुलाईमा घोषणा हुनेछ ।

यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।

 

 



source https://www.onlinekhabar.com/2023/07/1333541

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More