Saturday 8 July 2023

परतनध सभ बठक आज बसद

२४ असार, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ ।

यस्तै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् ।

गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । र, मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।



source https://www.onlinekhabar.com/2023/07/1333539

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More