Saturday 15 July 2023

राइस आर्सनलमा अनुबन्ध

३१ असार, काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले इंग्लस मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गरेको छ ।

लण्डन क्लब आर्सनलले वेष्टहमका कप्तान राइसलाई १०५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

२४ वर्षीय राइसले वेष्टहमका समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब छाड्ने कठिन निर्णय गरेको बताएपछि आर्सनलले आधिकारिक रुपमा राइसलाई अनुबन्ध गरेको हो ।

राइसले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् रत्यसमा एक वर्षको सम्झौता थप गर्न सकिने विकल्प समेत छ ।

राइसले अनुबन्धपछि पछिल्लो केही वर्षदेखि आर्सनलको बारेमा हेरिरहेको बताए ।

उनले गत सिजन बर्सनलले राम्रो खेलेको पनि बताएका छन् ।

वेस्टहमलाई गत सिजन युरोपा कन्फेरेन्स लिग उपाधि जिताएपछि राइसले आर्सनल लागेका हुन् ।

उनी यस समर ट्रान्सफरमा आर्सनलमा जाने तेस्रो खेलाडी हुन् । गत सिजन दोस्रो स्थानमा रहेर लिग सकाएको आर्सनलले नयाँ सिजन अझ राम्रो गर्ने लक्ष्यसहित खेलाडी अनुब्नध गरेको छ ।

आर्सनलले यसअघि नै चेल्सीबाट काइ हभार्ट र डच डिफेन्डर जुरिन टेम्बरलाई अजाक्सबाट अनुबन्धन गरेको छ ।

आर्सनलले च्याम्पियन सिटीलाई पछि पार्दै राइसलाई भित्र्याउन सफल भएको हो ।



source https://www.onlinekhabar.com/2023/07/1336733

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More