Monday 10 July 2023

इनजनयरलई कटपट गरपछ परवससद परयर परहर नयनतरणम

२५ असार, सुर्खेत । पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद दानसिह परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परियारसँगै छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पनि पक्राउ गरेका छन् ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले कुटपिट गरेपछि उनीहरू दुवै जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरुविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । शनिबार अपरान्ह साढे ४ बजेतिर आफ्नो कार्यकक्षमा बुढथापा काम गरिरहेका बेला परियार र रावल कार्यालयमै पुगेर कुटपिट गरेका थिए । उनीहरुले काम गरेको भन्दा बढी भुक्तानी नदिएको भनेर कार्यालय प्रमुखमाथि कुुटपिट गरेका बताइएको छ ।

पूर्वसांसद परियार र रावललाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले विरोध जनाएको छ । पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

बुढथापाले शनिबारै उजुरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।



source https://www.onlinekhabar.com/2023/07/1334562

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More