Thursday 13 July 2023

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

२९ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1336048

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More