Thursday 6 July 2023

अभनत सरक तमरकर रतपलसथत घरम मत भटए

काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको समेत प्रवक्ता रिजालले जनाए ।

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।



source https://www.onlinekhabar.com/2023/07/1332794

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More