Tuesday 11 July 2023

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

२६ असार, जनकपुरधाम, । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई सेवाग्राहीबाट लिइरहेको एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको प्रयोजनका लागि सेवाग्राहीबाट माग गरिरहेको पूर्वसूचनाको आधारमा अधिकृत पोखरेललाई रंगेहात पक्राउ गरेको अख्तियारको सहप्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1335125

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More