Wednesday 19 July 2023

सुन तस्कर समूहले २ महिनामा २२ पटक भित्र्याएको थियो ‘ब्रेक शु’

३ साउन, काठमाडौं । बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ ।

करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले स्कुटरको ब्रेक शुभित्र राखेर ल्याएको पाइएको हो । केहीबेरअघि विभागको विशेष टिमले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक-पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।

यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन ? भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ ।

‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’



source https://www.onlinekhabar.com/2023/07/1338848

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More