Wednesday 5 July 2023

कगरस जलल सभपतक भल आजदख कठमडम परट सदसयत मखय एजनड

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका  हुन् ।

आज र भोलि (शुक्रबार) सञ्चालन हुने बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुने छ ।

जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था  जानकारी गराएपछि त्यसमाथि छलफल हुने तय भएको छ ।

बैठकमा बोलाउनुअघि जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको बिषय,  विधान बमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1332242

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More