Saturday 21 May 2022

सिंजाका अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गरे कार्यकाल

८ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले अवरुद्ध टेलिफोन सेवा सञ्चालन गराएर आफ्नो कार्यकाल सुरु गरेका छन् ।

सिँजाको नराकोटमा रहेको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा अध्यक्षको पहलमा टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

अहिले सिंजा क्षेत्रमा फोनले राम्रो काम गरेको स्थानीयवासी डिल्लीप्रसाद तिवारीले बताए ।

अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालय छिरेका थिए ।

नेपाल टेलिकमले विद्युत पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार व्याट्री व्यवस्थापन गरेको थियो । २०० भोल्टका ४८ वटा व्याट्री र प्राविधिक लिएर शनिबार नै अध्यक्ष धिताल सिँजा पुगेका थिए ।

नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीका अनुसार समस्या आइरहेको टेलिफोन सेवा पूर्णरुपमा सुधि्रएको छ । यसअघि सिँजा गाउँपालिकामा बिहान साँझको समय र घाम नलागेको दिन फोन सेवा अवरुद्ध हुने समस्या थियो । जसका कारण निर्वाचन तथा मतगणनको समयमासमेत सूचना प्रवाह तथा डाटा राख्न समस्या भएको थियो ।

संचार मन्त्रालय र नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी नयाँ ब्याट्री एकै दिनमा थप गरिएको छ । जुम्लामा रहेको टेलिकमको कार्यालयमा पुगेर १५६० किलो वजनका नयाँ ब्याट्री ल्याइएको हो ।

नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले अध्यक्षले पहल गरेपछि प्राविधिकहरुसहितको टोली गाउँपालिकामा पठाएको जानकारी दिए । सिँजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गर्ने काम पनि सुरु भएको छ।

ब्याकपकको कमीले फाने सेवा अरुद्ध हुने गरेको थियो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा दिइरहेको छ ।

अध्यक्ष धितालले समस्याको दीर्घकालीन समाधानका लागि नेपाल टेलिकम जुम्ला सँग कुरा गरेको बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/05/1131180

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More